ताजा अपडेट

Wednesday, September 23, 2015

अमेरिकी पोर्न (ब्लु) फिल्ममा नेपाली युवती


तिम्रो नाम के हो ?
‘म माया बेजिन..’
तिम्रो घर कहाँ छ ?
‘म नेपालबाट आएकी हुँ..’
…नेपाल कहाँ छ ?
‘…चीनको छेउ, इन्डियाको नजिकै….मलाई तिमीहरू इन्डियन ओरिजिन पनि भन्न सक्छौ..’
तिमीलाई किन पोर्न स्टार हुन मन लागेको ?
मलाई ओरल सेक्स मन पर्छ, त्यसैले..’
यो अंग्रेजी भाषामा लिइएको एउटा मौखिक अन्तवार्ताको अनुवादित अंश हो । आफूलाई नेपाली बताउने एउटी भर्खरकी युवती अमेरिकामा पोर्न स्टार हुने दौडमा छिन् र उनले केही स्तरीय टि्रपल एक्स चलचित्रमा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् । अमेरिकामा पोर्न स्टार अर्थात् नीलो चलचित्रका चर्चित अनुहार बन्न चाहने निकै हुन्छन् । युवापुस्ताको एउटा जमात पोर्न स्टारकै रूपमा भए पनि नाम र दाम कमाउन लालायित भेटिन्छ । ओस्कार’ एवार्ड जस्तै हरेक वर्षको जनवरीमा ब्लु फिल्म र पोर्न स्टारहरूको एभिएन एवार्डको भव्य आयोजना हुने गरेको छ । उक्त एवार्डमा आफूलाई खुलेआम ब्लु फिल्मको स्टार भनेर चिनाउनेहरू निकै हुन्छन् र ती हलिउड वा बलिउडका नायक-नायिकाकै हाराहारीमा चर्चामा पनि आउँछन् ।
माया अर्थात् दीपशिखा त्यही दौडमा सामेल छिन् । कुनै स्वच्छन्द युवती यो दौडमा सामेल हुनु नौलो कुरा होइन, अचम्मको कुरा के हो भने उनले आफ्नो परिचय नेपाली भनेर दिएकी छिन् र उनको प्रोफाइल साइटमा पनि नेपालको राष्ट्रिय झन्डा प्रयोग गरिएको छ । पोर्न स्टार बन्न चाहनेहरूलाई अवसर दिने एउटा पोर्न साइट दचयतजभचयिखभ।अom ले मायाको १६ मिनेटको अन्तवार्ता -अडिसन)को भिडियो अपलोड गरेको धेरै भैसकेको छ । चुरोटको सर्को तानेर छिल्लिँदै उनले दिएको अन्तर्वार्ताको एक भागमा अन्तर्वार्ता लिने अमेरिकी पुरुष स्वरले उनीसँग नेपाली भाषामा बोल्न आग्रह गर्दै अंग्रेजी अश्लील शब्दलाई नेपाली भाषामा अनुवाद गर्न लगाएका छन् । अनि माया नाम बताउने ती यौनसुन्दरीले केही बेर अकमकाउँदै ती शब्दको अनुवाद नेपालीमा गरेकी छिन् ।
को हुन् त यी माया ?
मायाको त्यही एकमात्र अन्तर्वार्ताका आधारमा उनको नेपाल वा नेपालीसँग कुनै न कुनै रूपबाट संलग्नता छ भन्ने ठहर हुन्छ । उनको भाषा सुन्दा उनी लामो समय अमेरिका बसे पनि उनको मातृभाषा नेपाली नै हो भन्ने प्रष्ट हुन्छ ।  उनले अमेरिकाको यौनचलचित्र उद्योगमा आफूलाई नेपाली भनेर परिचित गराएपछि अमेरिकामा बसेका नेपालीहरूबीच उनको खोजी सुरु भयो ।  मायाका तथ्यहरू जति सार्वजनिक हुँदै गए, त्यसले अमेरिकामा बसोबास गरिरहेको नेपाली समाजमा हलचल मच्चायो । प्रवासी नेपालीहरू संलग्न कबवजब।यचन मा अमेरिकामा रहेका नेपालीहरूले उनका बारेमा आफ्नो जानकारीहरू लेखेका छन् । आफूलाई ‘वैरागी काइँलो’ का रूपमा परिचय दिने एक व्यक्तिका अनुसार माया नामधारी ती यौनसुन्दरीको घर भक्तपुरमा छ र उनी आधा नेपाली, आधा भारतीय हुन् ।
आफ्नो परिचयमा ‘धराने कान्छा’ लेख्ने अर्का व्यक्तिले भने उनी आधा नेपाली होइनन्, पूरै नेपाली भएको दाबी गरेका छन् । पोर्न साइटको अन्तर्वार्तामा मायाले आफू अमेरिकाको फ्लोरिडामा भएको बताए पनि साझा डट ओआरजीमा एक जनाले उनी अमेरिकाको मेरिल्यान्डमा बसोबास गर्ने युवती भएकी र उनका नेपाली अभिभावकहरू पनि साथै रहेको जनाएका छन् । माया उपत्यकाकै स्थानीय बासिन्दा भएको आफूले छ महिना जतिअघि एक ग्रोसरी स्टोरका नेपाली सञ्चालकबाट थाहा पाएको कुरा पनि उनले उल्लेख गरेका छन् ।
यसका साथै मायाले एउटा ब्लु फिल्ममा काम गरेको ८० हजार डलर -लगभग ६० लाख रुपैयाँ नेपाली) पारिश्रमिक लिने गरेको पनि ‘ब्याड ब्रेन्स’ छद्म नामधारी ती व्यक्तिले जनाएका छन् । छोरीले पोर्न चलचित्रमा काम गर्न थालेको थाहा पाएपछि मायाका अभिभावकहरू नेपालीहरूको समाजमा लज्जित भएको तथा मायाको वास्तविक नाम दीपशिखा झा भएको उनले उल्लेख गरेका छन् । ती व्यक्तिका अनुसार मायाका अभिभावकले उनीसँग सबैखाले सम्बन्धविच्छेद गरेका छन् । अर्कातर्फ ‘धराने कान्छा’ले भने उनको थर झा नभएर कार्की भएको दाबी गरेका छन् ।
गुगल सर्च इन्जिनमा बथब द्यबशष्ल टाइप गरी सर्च गर्दा आफूलाई नेपाली बताउने सेक्स सुन्दरी माया बेजिन अर्थात् दीपशिखा कार्की/झाका भिडियो, अन्तवार्ता, तस्विर आदि फेला पार्न सकिन्छ । थयगतगदभ।अom मा पनि मायाले दिएको एउटा अडिसनको भिडियो हेर्न पाइन्छ । त्यहाँ भने उनले आफूलाई भारतीय बताएकी छिन् । यदि उनी साँच्चै भारतीय हुन् भने दचयतजभचयिखभ।अom मा उनले किन नेपालीमै बोलिन् ? सम्भवतः आफ्नो परिचय लुकाउन मायाले अन्तर्वार्ताको एक दृश्यमा ‘भित्र’ को साटो हिन्दी शब्द ‘अन्दर’ प्रयोग गरेकी छिन् ।

Related Posts:

0 comments:

Post a Comment