२०७२ असोज ५ गते ९:१७ मा प्रकाशित
यदी तपाईंले भुलवस
कुनै महत्वपूर्ण एसएमएस मोबाइलबाट डिलिट गर्नुभयो भने आत्तिहाल्नु पर्दैन ।
त्यसलाई फिर्ता पाउन पनि सक्नुहुन्छ ।
एन्ड्रोइड
स्मार्टफोनमा एक पटक डिलिट भएको एसएमएस फिर्ता गर्न सक्ने सुविधा छ । यसको
सतप्रतिशत ग्यारेन्टी भने हुँदैन । तर प्रयास गर्दैमा के जान्छ ?
कम्प्युटरमा कुनै
पनि फाइल डिलिट गर्दा त्यो एउटा ट्र्यासमा गएर बस्छ । ठिक त्यही हुन्छ
स्मार्टफोनमा पनि । तपाइर्ंले डिलिट गरेको डाटा छोटो समयका लागि फोनभित्रै
सुरक्षित हुन्छ । डाटा रिकभरी सफ्टवेयरको प्रयोगबाट तपाईं यसलाई फिर्ता ल्याउन
सक्नुहुन्छ । यसका लागि एन्ड्रोइड डाटा रिकभरी, डा. फोन जस्ता एपहरु तपाईंलाई काम
लाग्न सक्छन् ।
कानूनअनुसार सबै
फोन कम्पनीहरुले तपाईको मोबाइलको म्यासेज स्टोर गर्नु आवश्यक हुन्छ । प्रहरी वा
कुनै कानूनी निकायले मागेको खण्डमा कम्पनीहरुले यस्तो जानकारी दिनैपर्छ । त्यसैले
तपाईंलाई अति आवश्यक कुनै म्यासेज छ भने त्यसलाई फोन कम्पनिमार्फत पनि माग्न
सकिन्छ । तर यसका लागि तपाईले केहि कागजातहरु पेश गर्नुपर्ने हुन्छ ।
त्यसो त तपाईंको
फोनका लागि एसएमएस ब्याकअपको पनि एउटा एप छ । यसलाई आफ्नो स्मार्टफोनमा डाउनलोड
गरेर प्रयोग गर्न सक्नुहुन्छ ।
0 comments:
Post a Comment