प्राकृतिक औषधि र शरीरलाई मजबुत र शक्ति प्रदान गर्ने महको योगदान यतिमा सिमित छैन । मह लाई औषधिको रुपमा प्रयोग गर्नेमात्र नभई स्वस्थ्यका हिसाबले निक्कै महत्वपूर्ण मानिन्छ । प्रतिकूल असर नदेखिएको र खानेवित्तिकै ऊर्जा पाइने तयारी आहारको रुपमा लिईन्छ महलाई ।
तर मह खान जाने फाइदा र नजाने बेफाइदा हुने आयुर्वेदिकविज्ञहरु बताउँछन् । महको प्रयोग कसरी गर्ने भन्नेबारेमा आयुर्वेद विज्ञहरुको भनाई यस्तो छ ।
–माछा, मासुसित मह खानु विष सरह हुन्छ ।
–महमा पानी वा दूधको बराबर मात्रा खानु हानिकारक हुन्छ ।
–अम्बा, अंगुरजस्ता अमिलो फलको साथ मह खानु अमृतसमान हुन्छ ।
–चिया र कफीको साथ मह विष समान हुन्छ ।
–महलाई आगोमा कहिलेपनि तताउनु वा उमाल्नु हँुदैन ।
– घिउ र महको समान मात्रा कहिले खानु हुँदैन ।
–चिनीमा मह मिसाउनु विष सरह नै हुन्छ ।
–तेल, घिउ र नौनीसित मह मिसाएर खानु विषसमान हुन्छ ।
–मोटोपना नियन्त्रण गर्न मनतातो दूधमा एक चम्चा मह घोलेर नियमित खान सकिन्छ ।
–निकै गर्मी वा धापिएर आएको बेला मह खाँदा हानिकारक हुन्छ ।
–महको ज्यादा उपभोग पनि हानिकारक हुन्छ ।
मौरीले विभिन्न वनस्पतिको परागबाट मह बनाउँछ । त्यसैले वनस्पतिको श्रोतोअनुसार महको औषधिय गुण पनि अलग–अलग हुन्छ । जस्तै, नीमको श्रोतोबाट बनेको मह आँखाका लागि, जामुन मधुमेह, हृदय, वात, रक्तचाप रोगको लागि फाइदाजनक हुन्छ ।
–वसन्त ऋतुमा विकसित वनस्पतिको परागबाट निर्मित मह सर्वोत्कृष्ट हुन्छ । सहर वा घरआँगनमा फुलेको वनस्पतिको तुलनामा जंगली वनस्पतिकोे मह सबभन्दा राम्रो हुन्छ ।
–मह सेवन गर्ने बित्तिकै तातो पानी पिउनु हुँदैन ।
–मह खाँदा कुनै अप्ठ्यारो महसुस भएमा कागती, निबुवा खाए आराम हुन्छ । अथवा, एक ग्राम धनियाँको धूलो र २० ग्राम अनारको रस मिसाएर खाँदा पनि राहत मिल्छ ।
–एकै पटक धेरै मह खानु राम्रो हुँदैन । दिनमा दुईतीन चम्चासम्म मह खान मिल्छ । एक पटकमा केटाकेटीले २५ ग्राम र वयस्क मानिसले ५० ग्रामसम्म मह सेवन गर्नुपर्छ ।
–बढिरहेको ज्वरोमा दूध, घिऊ र मह सेवन विषसमान हुन्छ ।
–यदि कसैले विष सेवन गरेको छ भने त्यो बेला मह खुवाउँदा विषको प्रभाव अझ बढेर मृत्युनजिक प¥याउँछ ।
- See more at: http://www.osnepal.net/97050#sthash.y1S39599.dpuf

0 comments:
Post a Comment