ताजा अपडेट

Friday, September 25, 2015

डेरामा बस्ने महिलालाई जबरजस्ती गर्ने घरवेटी पक्राउ


  392  1 
 
  0
ओएस नेपाल, बागलुङ, ८ असोज – आफनै घरमा डेरा गरी बस्ने महिलालाई जबरजस्ती करणी गरको आरोपमा बिहीबार बाग्लुङबाट एकजना घरधनी पक्राउ परेका छन् । बागलुङ नगरपालिका ३ गुठी स्थित डम्बरबहादुर खत्रीको घरमा डेरा गरी बस्ने बर्ष २२ की एक महिलालाई लाई घरधनी खत्रीले बुधबार दिउँसो जवरजस्ती गरेको आरोप लागेको छ ।
जवरजस्ती करणीको आरोपमा घरधनीलाई नियन्त्रणमा लिई अनुसन्धान अघी बढाईएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता एवं प्रहरी निरीक्षक अरुणकुमार भण्डारीले जानकारी दिए । पीडित महिला विगत ५ महिना देखी खत्रीको घरमा भाडामा कोठा लिएर बस्दै आएकी थिईन् । पीडित महिलाबाट जाहेरी दर्खास्त पर्न गएकोले अभियुक्तलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
- See more at: http://www.osnepal.net/99139#sthash.Dhz09zem.dpuf

0 comments:

Post a Comment