तपाईंको आज
वि.सं. २०७२ साल असोज ९ गते। शनिबार। इश्वी सन् २०१५ सेप्टेम्बर २६ तारिख। नेपाल संवत् ११३५ ञला थ्व। भाद्र शुक्लपक्ष। तिथि– त्रयोदशी, १३:३४ बजेउप्रान्त चतुर्दशी। नक्षत्र– शतभिषा, २३:१८ बजेउप्रान्त पूर्वभाद्रपदा।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
धेरै श्रम गर्दा तत्काललाई कम मूल्य पाइएला। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। मेहनत र लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला। प्रतिष्ठा र पदको आश्वासन देखाउनेहरूले घात गर्नेछन्। शासकवर्गबाट पनि धोका हुन सक्छ, सचेत रहनुहोला। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा पनि कमै फाइदा हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुने समय छ। कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरू जुटिदिनाले चिताएका कामहरू पनि सजिलै बन्नेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। समस्या थपिन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। आर्थिक अभावबीच काम बिग्रने भयले सताउन सक्छ। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ। सोचेको लाभ नमिल्न सक्छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। आफन्तसँग असमझदारी बढ्न सक्छ। बाध्यताका काममा अलमलिनुपर्ला। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा फाइदै हुनेछ। यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। गल्तीबिनै आरोप लाग्न सक्छ। सरकारी कडिकडाउको सिकार भइनेछ। थिचोमिचो गर्नेहरूले पनि सताउनेछन्। चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। अनावश्यक दौडधुपमा समय बित्नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पारिवारिक भेटघाटको समय छ। टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। आत्मीयजनसँग भेटघाट होला। सरसफाइ, वागबगैंचा र जलसम्बन्धी काममा आकर्षित भइनेछ। कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरण वा एकान्तमा मन रमाउनेछ। चिन्तन–मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
काममा रोकावट र कममात्र फाइदा हुने समय छ। सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन तत्काल खर्च हुन सक्छ। पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। तापनि, प्रयत्न गर्दा आंशिक लाभ उठाउन सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान/सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। (ज्योतिष कृष्णप्रसाद कोईराला)
- See more at: http://www.osnepal.net/99192#sthash.2r2A4Sxe.dpuf
केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। (ज्योतिष कृष्णप्रसाद कोईराला)
0 comments:
Post a Comment