ताजा अपडेट

Saturday, September 26, 2015

हिन्दू राष्ट्र कायम गर्न माग गर्दै विरोध प्रदर्शन


  46  0 
 
  0
rally1ओएस नेपाल, काठमाडौँ, २८ भदौ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नयाँ संविधानमा हिन्दू राष्ट्रको माग गर्दै आज नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि विरोध प्रदर्शन गरेको छ । पार्टीका कार्यकर्ता माइतीघर मण्डलमा भेला भई राष्ट्रिय झन्डा र ओमकार परिवारको झन्डा बोक्दै उनीहरु संविधानसभा नजिकै पुगेका थिए । हिन्दू राष्ट्र पुनर्उत्थान महाअभियान तथा हिन्दूवादी सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको उक्त प्रदर्शनका क्रममा संयुक्त राष्ट्र सङ्घको एउटा गाडी तथा सरकारी दुईटा गाडीमा तोडफोडसमेत भएको थियो ।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा सुरक्षाकर्मीले पानीको फोहरा हानेर स्थितलाई नियन्त्रणमा लिएका थिए । केही आन्दोलनकारी घाइते भएका थिए । धर्मगुरु श्रीनिवासाचार्यले ठूला ऋषि महर्षिको तपोभूमिका रुपमा रहेको नेपालमा सनातन हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा जोड दिनुभयो । राप्रपा नेपालका उपाध्यक्ष टङ्क ढकाल, निरन्जन थापा र धवलशम्शेर राणा तथा सहायक महामन्त्री राजाराम श्रेष्ठ, सोही पार्टीका सभासद् विक्रम थापा र विराज विष्टले नयाँ संविधानमा बहुसङ्ख्यक हिन्दूको भावनालाई सम्मान गरी हिन्दू राष्ट्र कायम गर्न माग गर्नुभएको थियो ।
- See more at: http://www.osnepal.net/97407#sthash.PjSUMqp5.dpuf

0 comments:

Post a Comment