ताजा अपडेट

Friday, September 25, 2015

युएईले २ महिनामा मात्रै १० हजार बढी नेपाली कामदार माग्य

– नेपाली कामदारको माग विश्वभर बढ्दै गइरहेका बेला संम्युत्त अरब एमिरेट्स यूएईका विभिन्न कम्पनीले १० हजार एक सय पाँच जना नेपाली कामदारको माग गरेका छन् । नेपाली कामदारहरु इमान्दार हुने र राम्रो काम गर्न सक्ने खुबी भएका कारण युएईका कम्पनीहरु नेपाली कामदारहरु प्रति आर्कर्षित भएका हुन् ।

युएईका विभिन्न कम्पनीले दुई महिनाको अबधीमा १० हजार एक सय पाँच जना नेपाली कामदारको मागपत्र दूतावास मार्फत प्रमाणिकरण गरेको स्रोतले जनाएको छ । सरकारले खाडीका ६ वटा देशमा निशुल्क टिकट र भिषाको व्यवस्था भएका कम्पनीमा मात्रै कामदार पठाउने नियम लागु गरेपछि कामदारको माग घट्ने भन्दै चिन्ता गरिएको थियो । तर यो नियम लागु भएपछि पनि नेपाली कामदारको मागमा खासै कमी नभएको दूतावासले जनाएको छ ।

0 comments:

Post a Comment