काठमाडौं, असोज ५ । भारतले रक्सौल नाकाबाट पेट्रोलियम लगायतका मालवहाक गाडी नेपाल प्रवेशमा रोक लगाएको खवर आएपछि काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा भिड बढेको छ । भारतीय अधिकारीहरूले सुरक्षा चुनौती देखाउँदै नेपालमा तेल पठाउन समस्या भएको भन्दै तेल बोक्ने गाडी रोकेका खबरसँगै तेल भर्न पम्पहरूमा भीड लागेको हो। भारतले नाकाबन्दी गर्न सक्ने चेतावनीपुर्ण विज्ञप्ती निकालेको र मंगलवार देखि नै केहि नाकाहरुमा कडाई शुरु गरेको खवर आएपछि सर्वसाधारणहरु पेट्रोलियम पदार्थको अभाव हुने डरले पम्पमा पुगेका छन् ।
Friday, September 25, 2015
Home »
» पेट्रोलियम पदार्थको आयात रोकिएको हल्लाले पेट्रोल पम्पहरुमा भिड
0 comments:
Post a Comment