ताजा अपडेट

Friday, September 25, 2015

पेट्रोल कालोबजारी गर्नेलाई ३० लाख धरौटी


Captureओएस नेपाल, काठमाडौँ, ८ असोज । जिल्ला प्रशासन कार्यालय, ललितपुरले पेट्रोलियम पदार्थ कालोबजारी गरेको आरोपमा एक व्यवसायीसँग ३० लाख रुपैयाँ धरौटी मागेको छ।
एकान्तकुनास्थित प्रशान्ति पेट्रोलपम्प सञ्चालक जनकराज पौडेल धरौटी बुझाउन नसक्दा बिहीबारै कारागार चलान भएका छन्।
प्रशासनले करिब ३५ लिटर क्षमताको ट्यांकीमा ४८ लिटर पेट्रोल भरेको भनेर ठगी र कालोबजारी गरेको ठहर गर्दै उक्त पम्पका सञ्चालक तथा व्यवस्थापक पौडेलसँग धरौटी मागेको नागरिकमा खबर छ ।
प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले वर्षौंदेखि उपभोक्ता ठग्दै आएका व्यवसायीविरुद्ध अभियानकै रुपमा उक्त रकम धरौटी माग गरिएको बताए। ‘यहाँ त ठग्ने परम्परा नै रहेछ,’ सिडिओ कोइरालाले भने, ‘आरोपितलाई पक्राउ गरेर प्रशासन ल्याउँदासमेत के नै हुन्छजस्तो व्यवहार देखेपछि निर्णय गरेका हौं।
’ कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन,२०३२ अनुसार जरिवाना अति न्यून रहेकाले समेत कालोबजारी गर्ने व्यवसायीको मनपरी बढेको उनले बताए।
महानगरीय प्रहरी परिसर, ललितपुरले ४५ लिटर पेट्रोल क्षमता भएको ट्यांकीमा करिब १० लिटर पेट्रोल पहिले नै भएको अवस्थामा फ्युल भर्न जाँदा थप ४८ लिटर पेट्रोल भरेको भनी रकम लिएको निवेदन परेपछि सञ्चालक पौडेललाई पक्राउ गरी अनुसन्धान गरेको थियो।
परिसर प्रवक्ता डिएसपी दयानिधि ज्ञवालीका अनुसार उक्त पेट्रोलपम्मका सञ्चालकले ग्राहक र अवस्थाअनुसार मेसिनमा गडबडी गर्दै एकैपटक पाँचदेखि १५ लिटरसम्म ठगी गर्दै आएको अनुसन्धानमा खुलेको बताए।
- See more at: http://www.osnepal.net/99074#sthash.GZCpc1yY.dpuf

0 comments:

Post a Comment