ताजा अपडेट

Friday, September 25, 2015

योग सिकाएर दुई वर्षमा अर्बौं डलर कमाउने भारतीय युवतीको रहस्यमय काहानी

 

योग सिकाएर दुई वर्षमा अर्बौं डलर कमाउने भारतीय युवतीको रहस्यमय काहानी
हालै फच्र्युन म्यागेजिनमा दर्ज भएका शक्तिशाली महिलाहरुमा भारतीय युवती पायल कडकियाको नाम पनि समेटियो ।

पायल कडकिया एक संस्था स्टार्टअप क्लासपासको सिइयो तथा को फाउन्डर हुन् । दुई वर्षअघि कडकियाले बनाएको डान्सिङ स्टार्टअप क्लासपास पछिल्लो समय अमेरिकामा अत्याधिक लोकप्रीय बनेको छ ।

जो अहिले ४० करोड डलरको बन्यो । क्लासपास यस्तो डान्स तथा फिटनेस विधि हो, जो युवायुवतिहरुले निकै मन पराउँछन् । खासमा क्लासपास योगमा केन्द्रित एउटा डान्स विधि हो ।   

यही फिटनेस विधि बनाएर र सिकाएर पायल अत्याधिक रकम कमाउने महिलामा परेकी त छिन्, विश्वभरीकै शक्तिशाली महिलाको सुचीमा पनि अटाइन् ।   पायल जव तीन वर्षकी थिइन् त्यति बेला देखि नै उनीमा डान्सको सोख बढ्यो । पाँच वर्षको हुँदा उनी भारतीय क्लासिकल डान्सको प्रस्तुती दिन स्टेजमा उक्लिसकेकी थिइन् ।

म्याथ र फिजिक्स जस्ता गहन विषय लिएर हाई स्कुलको पढाइ सकेपछि पनि उनलाई डान्सको सोख चढिरह्यो । पायलका भारतीय आमा–बावु अमेरिकाको न्युजर्सीमा बसोबास गर्थे । उनीहरु भारतबाटै अमेरिका गएर बसोबास गर्दैआएका थिए ।  

यस्तैमा पायलले एक एप्लिकेसन बनाइन् । जो क्यान्सरसँग लड्नका लागि उपयोगी एप्स भयो । जब उच्च शिक्षाको लागि एमआईटीमा पायल चुनिइन् र रिसर्चको तहसम्म पढाइ सकिन् ।   

त्यतिबेलासम्म पनि उनले डान्स छोड्न भने सकेकी थिइनन् । यतिसम्म कि, आफ्नो विषयगत पढाई एमआईटीमा पनि एमआईटी डान्स ग्रुप बनाएर डान्ससँगको आफ्नो साइनो बढाइराखेकी थिइन् ।   एनआईटीबाट पायलले अपरेशन मेनेजमेन्ट एण्ड इकोनोमिक्समा डिग्री लिएपछि बेन एण्ड कम्पनीमा उनले जागिर सुरु गरिन् । बिहान ९ बजे देखि ५ बजेसम्म अफिसमा ब्यस्त हुन्थिन् उनी ।   

अफिस समय सकिएपछि फेरि डान्समै समय दिन्थिन् उनले । यस्तो ब्यस्त समयमा पनि राती ८ देखि १० बजेसम्म डान्सको रिहर्सलमा ब्यस्त हुन्थिन् पायल । यो दौरानमा पायल बलिउडको डान्सिङ ग्रुपको साथमा डान्स गर्थिन् । केही समयपछि उनलाई वार्नर म्युजिक ग्रुपमा अर्को काम मिल्यो ।  

हो । यही बेलादेखि पायलले भेट्टाइन् आफ्नो खास बाटो । सन् २००८ मा उनले सा डान्स कम्पनी सुरु गरिन् । पहिलोपटक उनको कम्पनीले एल्विन एलेमा पर्फम गर्ने अवसर पायो । जहाँ उनको पर्फमेन्स हेर्नकै लागि ठूलो भिड जम्मा भयो ।  

र यो उनको एउटा सफलताको खुट्किलो पनि बन्यो । सन् २०१० मा सन फ्रान्सिस्कोमा उनले डान्स पर्फमेन्स गर्ने अवसर पाइन् त्यसपछि भने पायल निकै लोकप्रीय बनिन् ।











0 comments:

Post a Comment