ताजा अपडेट

Friday, October 9, 2015

how to returns send massage from Gmail


गल्तिबस गलत इमेल कसैलाई पठाउनुभएको छ भने अब चिन्ता नलिनुस त्यो इमेल फिर्ता तान्न मिल्ने भएको छ तर यो सेवा  जिमेलमा मात्र उपलब्ध छ ।

गुगलले मंगलबारदेखि अनडु सेन्ड अप्सन आफ्नो जिमेल सेवामा उपलब्ध रहेको जानकारी गराएको छ, र यो फिचर जिमेलको सेटिङ अप्सनमा उपलब्ध रहेको छ ।
पठाइसकेकेा इमले फिर्ता लिन सकिने यो फिचर यसरी प्रयोग गर्न सकिन्छ-
आफ्नो जिमेल लगइन गर्नुहोस् । त्यसपछि दायाँपटि्टको सबैभन्दा माथि रहेको गिएर आइकन (पाँग्राजस्तो चिन्ह) मा क्लिक गर्नुहोस् । त्यसपछि विभिन्न अप्सनहरु देखा पर्नेछन्, जसमध्ये सेटिङ मेनुमा जानुहोस् ।
 सेटिङ मेनु अन्तरगत रहेको जनरल ट्याबमा छिर्नुहोस् । उक्त ट्याबमा क्लिक गर्नेबित्तिकै तलपट्टि विभिन्न अप्सनहरु देखापर्नेछन् । त्यहाँ अनडु सेन्ड फिचर पनि उपलब्ध छ । इनेबल अनडु सेन्ड नामक फिचरको अगाडि रहेको कोठामा क्लिक गरेर एक्टिभेट गर्नुहोस् ।
 त्यसपछि कति समयमा इमेललाई अनसेन्ड गर्ने भन्ने विकल्प उपलब्ध हुनेछ । १० सेकेण्ड डिफल्टको रुपमा रहेको छ तर तपाइँले ५, १०, २० देखि ३० सेकेण्डसम्मको रद्द अवधि छनोट गर्न सक्नुहुन्छ ।

यो फिचर सुरु गरेपछि अब तपाइँले जब कसैलाई इमेल पठाउनुहुन्छ तब तपाइँले जिमेल विन्डोको माथिपट्टि पहेँलो बाकसमा दिइएको सन्देशमा अन डु अप्सन देख्न सक्नुहुन्छ । यदि तपाइँले इमेल गल्ती भयो वा पठाउनुपर्ने विषय छुट्यो वा थप्नुपर्यो भन्ने महसुस गर्नुभयो भने अनडु मा क्लिक गर्नुहोस् । त्यसपछि इमेल पठाउनुभन्दा अगाडिको अवस्था कम्पोज इमेल compose email क्स खुल्नेछ । त्यसपछि तपाइँले आफुले पहिले पठाएको इमेलमा सुधार गरेर कसैलाई पठाउन सक्नुहुनेछ वा सो इमेल रद्ध गर्न पनि सक्नुहुनेछ ।
 अहिले जिमेलको यो सेवा विन्डोज प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । तर आइओएस तथा एन्ड्रोइडको जिमेल एप प्रयोगकर्ताले भने यो सेवा प्रयोग गर्न पाउनेछैनन् ।

0 comments:

Post a Comment