ताजा अपडेट

Friday, October 9, 2015

३५ एसएसपीको सरूवा, काठमाडौंमा विक्रम थापा आए


२२ असोज, काठमाडौं । नेपाल प्रहरीले ३५ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । काठमाडौं प्रहरी प्रमुखमा विक्रम थापा आएका छन् ।
SSP-Bikram-Singh-Thapa
विक्रम थापा
यसअघि काठमाडौं प्रहरी प्रमुख रहेका उत्तम कार्कीलाई प्रहरी प्रधान कार्यालयको आर्तिक प्रशासन महाशाखामा सुरुवा गरिएको छ ।
रमेश खरेललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सुरुवा गरिएको छ ।
नयाँदिल्लीस्थित नेपाली दूताबासमा रहेका राजेन्द्रमान श्रेष्ठलाई पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरमा सरुवा गरिएको छ ।
अख्तियारमा योगेश्वर रोमखामी मगर गएका छन् । विमानस्थल सुरक्षा कार्यालयमा श्यामबहादुर खत्री गएका छन् भने अनुसन्धान ब्यूरो उपप्रमुखमा मनोज न्यौपाने गएका छन् ।
- See more at: http://www.onlinekhabar.com/2015/10/337301/#sthash.xnlrK51x.dpuf

0 comments:

Post a Comment