ताजा अपडेट

Monday, October 5, 2015

सोमबारका टप १० समाचारः तपाईले छुटाउनु भयो कि ?



आज सोमबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१. सर्वदलीय बैठकमा प्रचण्डले भने-ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएकै हो 

Sarbadaliya-meet
प्रधानमन्त्रीको आहृवानमा भएको सर्वदलीय बैठकमा अधिकांश दलका नेताहरुले भद्र सहमतिबारे प्रश्न गरेका छन् । जवाफमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान बनेपछि एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको बताएका छन् ।

२. पार्टी छाडेका बाबुरामलाई मञ्च नदिन पासाङको निर्देशन 

एमाओवादी परित्याग गरेका डा. बाबुराम भट्टराईको उपस्थितिमा पाल्पाको तानसेनमा सोमबार मगर राष्ट्रिय मुक्ति मोर्चाले गर्न लागेको कार्यक्रम रोक्न एमाओवादीले निर्देशन दिएको छ ।पार्टी परित्याग गरेका व्यक्तिलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्न लागिएको भन्दै मगर मोर्चालाई कार्यक्रम रोक्न एमाओवादीले निर्देशन दिएको हो ।

३. प्रधानमन्त्रीले नाकाबन्दीबारे मोदीसँग हटलाइन वार्ता गर्ने 

१८ असोज, काठमाडौं । प्रमुख तीन दलले भारतले अघोषित नाकाबन्दी हटाएको भनेर झुक्याएको भन्दै गम्भीर आपत्ति जनाएका छन् । अब यो विषयमा दुई देशका प्रधानमन्त्रीस्तरमै छलफल गर्ने तीन दलको निर्णय छ ।

४. मधेसका खसीबोका रोकिएपछि हिमालका च्याङरा ल्याइँदै

तराई मधेसमा जारी बन्द र भारतीय नाकाबन्दीका कारण यस वर्षको दशैंमा पर्याप्त खसी-बोका ल्याउन समस्या पर्ने भएको छ ।खाद्य संस्थानले तराईमा संकलन प्रभावित भएकाले यसअघिको योजना अनुसार अब उल्लेख्य संख्यामा खसी-बोका काठमाडौं ल्याउन नसकिने बताएको छ ।

५. सुशील छाड्नुपर्छ, शेरबहादुरले पाउनुपर्छ : बालकृष्ण खाँड

सुशील कोइरालाले पुनः प्रधानमन्त्री बन्नका लागि पार्टी बाहिर लबिङ गरिरहेका बेला कांग्रेसभित्रै उनको निरन्तरता नचाहने समूह संगठित बन्न थालेको छ ।कांग्रेसकै नेतृत्वमा सरकार बनाउने तर सुशील कोइरालाले छाड्नुपर्ने दाबी शेरबहादुर देउवा पक्षको छ ।

६. प्रचण्डलाई बाबुरामको जवाफ-माया छ भन्दैमा लाशलाई अंगालो हालिन्न 

एमाओवादीलाई भत्किएको घर, रातो स्टीकर टाँसेको घर भन्दै आएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लाशको संज्ञा दिएका छन् । लाशलाई कसैले पनि अंगालो हालेर नबस्ने भएकाले आफूले पनि एमाओवादी परित्याग गरेको उनले बताए ।

७. तराई-मधेस बन्दले अर्थतन्त्रमा डेढ खर्बको क्षति !

भूकम्पपछि भर्खर तंग्रिन लागेको देशको अर्थतन्त्र फेरि नराम्रोसँग थला परेको छ । तराईमा जारी करिब दुई महिनादेखिको हड्तालले मात्रै मुलुकको अर्थतन्त्रमा डेढ खर्ब रुपैयाँ बराबरको क्षति गरेको छ ।

८. भैरहवा नाकामा झडप, आन्दोलनकारीद्वारा दशगजा क्षेत्रबाट ढुंगामुढा

Bhairahawa-Jhadap-2
भैरहवाको बेलहिया नाकामा अवरोध गर्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । बिहान केही मालबाहक गाडी नाका हुँदै भित्रिएपछि बेलहियाको रोक्न गएका मोर्चाका कार्यकर्तालाई प्रहरीले पक्राउ गर्न खोजेपछिे झडप भएको हो ।

९. आयल निगम वीरगञ्जका हाकिम मधेसी मोर्चाको नियन्त्रणमा 

नेपाल आयल निगम वीरगञ्ज वितरण केन्द्रका प्रमुख अशोक साहलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता-कार्यकर्ताहरुले झण्डै चार घण्टा नियन्त्रणमा लिएका छन् ।कार्यालयको कामले रक्सौल जाँदै गर्दा आन्दोलनकरीहरुले आफूलाई रोकेर धर्ना स्थलमा बसाएको वितरण केन्द्र प्रमुख साहले जानकारी दिए ।

१०. ‘साथीभाइले तिर्ने हो भने २५ लाख लिनु छ’ : निर्मल शर्मा’गैंडा’

हाँस्य टेलिश्रृङखला ‘तीतो सत्य’ वाट चर्चामा आएका हुन् निर्मल शर्मा । चलचित्र निर्माता समेत रहेका शर्मा ‘तीतो सत्य’ बन्नु अघि पनि अभिनयमा सक्रिय थिए । तर, चर्चामा ल्यायो ‘तीतो सत्य’ले ।

र, यो पनि

जसले ६३ वर्षदेखि नङ काटेकै छैनन्

उनले आफनो बायाँ हातका नङ नकाटेको ६३ वर्ष पुगिसकेको छ । सन् १९५२ देखि नङ नकाटेका श्रीधर चिलालको बायाँ हातका औँलाहरुमा पलाएका नङको पूरै लम्बाइ जोड्ने हो भने झण्डै ३० फिट अर्थात् ३५८.१ इन्च पुगिसकेको छ ।

0 comments:

Post a Comment