ताजा अपडेट

Tuesday, October 6, 2015

फेसबुक चलाउन छाड्नैपर्ने आधा दर्जन कारणहरु


Facebook
विश्वमा सबैभन्दा व्यापक प्रयोगमा रहेको तथा सबैभन्दा ठूलो सोसल नेटवर्किंग साइट फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या डेढ अर्ब नाघिसकेको छ । एक दिनमै एक अर्ब मानिसले फेसबुक चलाउन थालेका छन् । फेसबुक हाम्रो यति नजिकको साथी बनिसकेको छ की यसमा हामीले हाम्रो जिवनका धेरै कुराहरु शेयर गर्न थालिसकेका छौँ । हाम्रा सोँच, विचार, भावना, अवस्थिति, योजना, जानकारी, सूचना तथा तथ्यांक लगायतका कुराहरु फेसबुकमा शेयर गर्ने तथा साथीभाइ तथा परिवारसँग जोडिने तथा सम्पर्कमा रहने सजिलो माध्यम बनिरहेको छ फेसबुक ।
फेसबुक प्रयोगका केही फाइदाजनक कुराहरु तथा सकारात्मक पक्षहरु छन् । तर फेसबुकको लत यति बढिसकेको छ की यसले धेरै नकारात्मक असरहरु पनि पारेको छ । जसका कारण फेसबुक चलाउनु अघि हामीले ठण्डा दिमागले सोँच्नु आवश्यक छ । कतिपय नकारात्मक असरहरु हेर्दा त फेसबुक चलाउनै छाड्दा राम्रो । फेसबुक चलाउन छाड्दा जाति हुने ६ कारण यस्ता छन् :
फेसबुकले तपाइँको समय बर्बाद पारिरहेको छ : एक अध्ययन अनुसार १० वर्षदेखि सक्रिय रुपमा फेसबुक चलाइरहेका मानिसले यो दश वर्षमा आफ्नो जिवनको पूरै ४० दिन फेसबुकमै बिताएको छ ।
सामान्य रुपमा फेसबुक चलाउने मानिसले पनि औषतमा दिनमा १७ मिनेट फेसबुकमा बिताउने गर्छ । दिनमा १ घण्टा सम्म फेसबुक चलाउने मानिसले त समग्रमा डेढ सय दिन फेसबुकमा लाइक तथा कमेण्ट गरेर बिताउने देखिएको छ ।
फेसबुकले तपाइँलाई विज्ञापनमा फसाउँछ : आफ्नो फेसबुक अकाउण्टमा दिइएको व्यक्तिगत जानकारीका आधारमा फेसबुकले तपाइँको टाइमलाइनमा विभिन्न खाले विज्ञापनहरु प्रकाशित गर्दछ ।
यस अर्थमा फेसबुकले तपाइँको आनीबानी तथा व्यक्तिगत जानकारीको समेत व्यापारिक प्रयोग गर्दछ र त्यसलाई नाफाको लागि उपयोग गर्दछ ।
स्वास्थ्यका लागि पनि हानिकारक : विभिन्न अध्ययनहरुबाट के पुष्टि भैसकेको छ भने फेसबुकको अत्यधिक प्रयोगले मानिसको रोग प्रतिरोधी प्रणालीमा प्रभाव पार्दछ । साथै यसले हर्मोनको वृद्धि रोक्ने, सोँचाइलाई सिमिति गरिदिने, सिर्जनशीलता मारिदिने तथा पाचन क्रियामा पनि नकारात्मक असर पूराउँदछ । यसका साथै फेसबुकको अत्यधिक प्रयोगले मानिसको आँखाको ज्योतिमा नकारात्मक असर पूराउनका साथै मनको खुसी तथा निद्रामा पनि असर पूराउने अध्ययनले देखाएको छ ।
चिन्दै नचिनेका सँग बेकारको दोस्ती : एक अध्ययन अनुसार फेसबुकका वयस्क प्रयोगकर्ताका औषतमा ३३८ जना फेसबुके साथी हुन्छन् । ती मध्ये १० प्रतिशत अपरिचित साथी हुने अध्ययनले देखाएको छ । यसरी चिन्दै नचिनेका पनि फेसबुकका साथी हुने हुनाले त्यो अनावश्यक हुन्छ र फेसबुक प्रयोगकर्ता त्यस्ता मानिससँगको सँगतमा अनावश्यक समय खर्च गरिरहेको हुन्छ ।
तनावको कारक : मनोविज्ञहरुका अनुसार फेसबुक प्रयोगका कारण मानिसहरुमा तनाव तथा निरासा बढिरहेको छ । यदि तपाइँले आफुसँग असहमत हुने मानिसलाई फेसबुकबाट अनफ्रेण्ड गर्दै हुनुहुन्छ र फेसबुकका कमेण्टहरु देखेर दिक्क बन्दै हुनुहुन्छ भने बुझ्नुहोस् फेसबुले तपाइँमा मानसिक असर पूराइरहेको छ र अब तपाइँले फेसबुक चलाउन छाड्ने बेला भएको छ ।
फेसबुकले निरुत्साहित पारिरहेको छ : अध्ययन अनुसार फेसबुकको अत्यधिक प्रयोगका कारण मानिसमा विचलन, निरासा तथा आरिसे प्रवृत्तिमा समेत वृद्धि भएको छ । साथीहरुका निरन्तरका फेसबुक पोष्टहरु, त्यसमा ह्वात्तै आउने कमेण्ट तथा लाइकहरुका साथै साथीले घुमफिर तथा रमझमका दृश्यका तस्वीरहरुले मानिसलाई निरुत्साहित गराउन सक्छ ।
आफ्ना पोष्टहरुले लाइक तथा कमेण्ट खासै नपाउने तथा साथीको जस्तो घुमफिर तथा रमझमका क्षणहरु पनि आत्मसात गर्न नपाएको कुरामा चित्त दुख्ने र निरासा पैदा भएर मनोरोगकै सिर्जना हुने जोखिम रहेको विज्ञहरु बताउँछन् । त्यसका साथै फेसबुकले मानिसहरुले स्वभाविक संचार सीपमा पनि स्खलन ल्याउने, भाषिक रुपमा कमजोर बनाउने गरेको पनि पाइएको छ ।
- See more at: http://www.onlinekhabar.com/2015/10/335034/#sthash.j3Ll6CbM.dpuf

0 comments:

Post a Comment