काठमाडौं-वैदेशिक रोजगारीमा जान लागेका वा गइसकेका नेपालीहरुलाई ठगिनबाट जोगाउने उद्धेश्यले गैरआवासीय नेपाली संघले मोबाइल एप निर्माण गर्ने भएको छ । पर्याप्त सूचनाको अभावमा नेपाली कामदारमाथि शोषणको सुरुवात नेपालबाटै हुने गरेको ठहर गर्दै संघले अत्यावश्यक सूचना प्रवाह गर्ने उदेश्यले मोबाइल एप निर्माण गर्न लागेको हो ।
एप निर्माणका लागि गैरआवासीय नेपाली संघ र एसिया फाउण्डेशनबीच सोमबार काठमाडौंमा सम्झौता भएको छ । सम्झौतापत्रमास संघका तर्फबाट अध्यक्ष शेष घले तथा फाउण्डेशनकातर्फबाट निमित्त कन्ट्री रेपि्रजेन्टेटीभ एडवाड् र्यान्डरसनले हस्ताक्षर गरे । सूचनाको अभाव तथा गलत सूचनाको संप्रेषणलाई न्यून गर्न, गन्तव्य मूलुकमा नेपालीभाषी कामदारसँग संवादको अवसर प्रदान गर्न र विपत्तिका समय उद्धारका लागि उपयोग गरिन सक्ने गरी मोवाइल एपको निर्माण हुन लागेको हो ।
यस परियोजनाका लागि पहिलो चरणमा ३१ लाखको बजेट बिनियोजन गरिएको छ र यस मध्ये क्षण्डै २२ लाख रुपैयाँ एप निर्माणमा खर्च गरिनेछ भने बाँकी रकम एपबारे सूचना प्रवाह प्रर्बद्धनमा खर्च गरिने छ । फाउण्डेसन र संघबीच भएको सम्झौताअनुसार आगामी ६ महिनाभित्रमा एप निर्माण गरि प्रर्बद्धन गरिने छ । गैरआवासीय नेपाली संघले मोबाइल एपमा राखिने अत्यावश्यक सूचना उपलब्ध गराउनुका साथै आफ्नो संजालमार्फत् प्रर्बद्धनसमेत गर्नेछ ।
फाउण्डेशनका निमित्त कन्ट्री रेपि्रजेन्टेटीभ एडवाड् र्यान्डरसनलले यस परियोजनाले बैदेशिक रोजगारीमा गएका र जान चाहानेहरुलाई धेरै सहयोग गर्ने तथा बैदेशिक रोजगारीलाई सुव्यवस्थित बनाउन सहयोग गर्ने बिश्वास ब्यक्त गरे । उनँले गैरआवासीय नेपाली संघ जस्तो विश्वभर संजाल भएको संस्थासँग सहकार्य गर्न पाउनु फाउण्डेसनका लागि अवसर भएको बताए ।
संघका अध्यक्ष शेष घलेले सही सूचनाको अभावमा नेपाली कामदारहरु ठगिने गरेको भन्दै एप मार्फत् रोजगारीमा जान चाहने वा गइसकेका नेपालीहरुले हातहातमै सही सूचना पाउने बताए । 'म कुन मुलुकमा जाँदैंछु, त्यहाँका नियम कानुन के हुन् ? कति तलब पाइन्छ, ठगिए कहाँ कसरी सम्पर्क गरेर न्याय पाउने भन्ने सूचना नै सबैभन्दा महत्वपूर्ण हो,' अध्यक्ष घलेले भने, 'सूचना प्रविधिको जमानामा हातहातमै यस्तो सूचना पुर्याउँदा धेरै समस्याको निराकरण हुने मैले विश्वास लिएको छु ।'
बैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि यो निकै महत्वपूर्ण कदमभएको भन्दै अध्यक्ष घलेले परियोजनाकालागि सहकार्य गर्ने अमेरिकी सरकार र एशिया फाउण्डेसनप्रतिआभार प्रकट गरे। बैदेशिक रोजगारका क्षेत्रमा सूचना प्रवाहका लागि यसरी गैरआवासीय नेपाली संघमार्फत् परियोजना निर्माण गरी कामगरिएको यो पहिलो अवसर हो । अध्यक्ष घलेले आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग साझेदारी गरी वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधान गर्न कोशिस गरिने बताए ।
हस्ताक्षर समारोहमा फाउण्डेशनका प्रोग्राम म्यानेजर सरिन तुलाधार, गैरआवासीय नेपाली संघका सचिव रञ्जु वाग्ले थापा तथा संघका कार्यकारी निर्देशकको उपस्थिति रहेको थियो ।

0 comments:
Post a Comment