ताजा अपडेट

Friday, October 9, 2015

नेपाल टेलिकमले अन्ततः ल्यायो प्रिपेडमा इन्टरनेट डाटा प्याक, हेर्नुस एन.टि.सी. र एनसेलको डाटा दर

नेपाल टेलिकमले अन्ततः जीएसएम प्रिपेड मोबाइल ग्राहकलाई लक्षित गर्दै इन्टरनेट डाटा प्याकेज ल्याएको छ । भदौ १ गतेदेखि लागू हुने गरी टेलिकमले विभिन्न दर रेटका प्याकेज उपलब्ध गराउन लागेको हो । केहि समय अगाडि टेलिकमले पोष्टपेड ग्राहकको लागि इन्टरनेट चलाउने डाटा प्याकेज ल्याएको थियो, त्यो भन्दा अगाडि सी.डी.एम.ए ग्राहकको लागि भोलुम बेस डाटा प्याकेज पनि ल्याएको थियो|
NT 3G 10 million projec symbolization
टेलिकमले ब्रोञ्ज प्याक, सिल्भर प्याक र गोल्ड प्याक गरी तीन प्रकारको इन्टरनेट प्याकेज ल्याएको छ । ब्रोञ्ज प्याक अन्तर्गत २ सय र ५ सय एमबी डाटा प्याकेज उपलब्ध हुने छ । २०० एमबी भन्दा कमको डाटा प्याकेज भने एन.टि.सी ले ल्याएको छैन| हेर्नुस एन.टि.सी. र एनसेलको इन्टरनेट डाटा दरको भिन्नता र समानता प्रिपेडमा डाटा प्याकको लागि|
टेलिकमले आफ्नो 3G Internet को गति 384 Kbps देखी 14.4 Mbps सम्म र एनसेलले आफ्नो 3G Internet को गति 384 Kbps देखी 42 Mbps सम्म भएको आफ्नो वेबसाइटमा जनाएका छन्| (१ जीबी = १०२४ एमबी)
डाटा
भोल्यूम
NT PREPAIDNCELL (PREPAID + POSTPAID)कुन सस्तो/कुन लिने
डाटा गति 384 KBPS देखी 14.4 MBPS सम्मडाटा गति 384 KBPS देखी 42 MBPS सम्म
शुल्क (रूपैयाँमा)अवधीप्याकेज किन्ने तरीका
(तलको कोड १४१५ माएसएमएस गर्ने)
शुल्क (रूपैयाँमा)अवधीप्याकेज किन्ने तरीका
२०० एमबी१३०१ महिनाDATA200MB*१७१२३# डायल गरि निर्देशन अनुरुप गर्नुहोस्।NTC
० एमबी११०७ दिनNcell
५०० एमबी३००DATA500MBNTC
१ जीबी५००DATA1GB५५०१ महिनाNTC
 जीबी८५०१ महिनाNcell
३ जीबी१,२९०२ महिनाDATA3GB१,१५०१ महिनाNcell
५ जीबी१,८००३ महिनाDATA5GB१,९९९३ महिनाNTC
१० जीबी२,८००६ महिनाDATA10GB२,९९९३ महिनाNTC
उल्लेखित महसुल दरमा कर समावेश गरिएको छैन । स्रोत: NTC र Ncell.

इन्टरनेट डाटा प्याक कसरी लिने ?

नेपाल टेलिकम प्रिपेडमा डाटा सुविधा लिनका लागि आफुले चाहेको डाटा Volume उल्लेख गरी १४१५ मा SMS पठाउनु पर्छ । जस्तै 200MB Data लिनुपरेमा DATA200MB Type गरी १४१५ मा SMS पठाउनु पर्छ । प्रयोग गर्न बाँकी रहेको Data Volume थाहा पाउन VL Type गरी १४१५ मा SMS पठाउन सकिन्छ ।
एनसेलमा डाटा सुविधा लिनका लागि *१७१२३# डायल गरि निर्देशन अनुरुप आफुले चाहेको डाटा Volume लिन सकिन्छ| प्रयोग गर्न बाँकी रहेको Data Volume वा ब्यालेन्स थाहा पाउन *९०१# अथवा *१०१# गर्नुपर्छ

0 comments:

Post a Comment