ताजा अपडेट

Friday, October 9, 2015

Treat your health problems without medicine-रोगबाट विनाअाैषधि छुटकारा प्राप्त गर्न यसो गरौ


आधुनिक जीवनशैलीमा औषधि सबैलाई पि्रय छ। केही मानिस स-साना पीडाबाट बच्न पनि अाैषधि सेवन गरिहाल्छन्। अहिलेको व्यस्त जीवनशैलीमा सबै क्षणभरमै पीडाबाट छुटकारा चाहन्छन् र चिकित्सकसँग सल्लाह नलिई औषधि सेवन गर्छन्। कोही तत्काल फिजिसियनकहाँ जान्छन्। औषधिबाट टाढा रहन सकिँदैन तर पनि केही रोगबाट विनाअाैषधि पनि छुटकारा प्राप्त गर्न सकिन्छ।


स्पर्श दिनु 
खाना बनाउँदा होस् वा आगोको अन्य काम गर्दा औंला जल्न सक्छ। त्यसो भए औंला मुखमा राखेर चुस्नुपर्छ। यसैगरी टाउको दुखे औंलाले टाउकोमा हल्का-हल्का थिच्नुपर्छ। यसो गर्दा आराम महसुस हुन्छ भने मस्तिष्कमा आफूले आफैंलाई ख्याल गरेको सन्देश पुग्छ।

बरफले सेक्नु 
पीडा भएको स्थानमा बरफले सेक्नुपर्छ। यसबाट धेरै हदसम्म राहत मिल्छ। एउटा रुमालमा बरफको टुक्रा बेरेर वा कुनै प्लास्टिक ब्यागमा बरफको पानी भरेर सेक्नुपर्छ । त्यसो गर्दा पनि सन्चो नभए कोल्ड डि्रंक्सको चिसो बोतलले सेक्न सकिन्छ।

सकारात्मक सोच 
कुनै पनि मानिस एक्लो भए मनमा कुरा खेल्न थाल्छ। त्यसैले एक्लो भए राम्रा कुरा सोच्नु, सम्झनुपर्छ। पछिल्लो पटक भएको रमाइलो कुनै घटना सम्झनुपर्छ। यसैगरी भावी योजनाका बारेमा पनि सोच्नुपर्छ। कुनै खास साथी, श्रीमान् वा सन्तानका साथमा भएको अनुभव गर्नुपर्छ। यसो गर्दा पीडामा राहत मिल्छ।

व्यायाम गर्नुपर्छ 
औषधिलाई होइन, व्यायामलाई आफ्नो जीवनको हिस्सा बनाउनुपर्छ। धेरै आराम गरे शरीरका तन्तुलाई नोक्सान पुग्छ। पीडाको सुरुवातमा आराम गरिरहेका तन्तुको एक किसिमको मर्मत हुन्छ। आरामपछि व्यायाम गरे त्यसले पम्पको जस्तै काम गर्छ र रक्तसंचार बढ्छ। व्यायाम चिकित्सकको सल्लाहमा मात्र गर्नुपर्छ।

पीडाबाट ध्यान हटाउनु 
पीडा हल्काफुल्का भए टिभी हेरेर तथा कुनै गेम खेलेर ध्यान अन्यत्र मोड्न सकिन्छ। नजिकका आफन्त तथा साथीभाइसँग फोनमा कुरा गर्न सकिन्छ। मन परेको संगीत सुनेर पनि ध्यान अन्यत्र मोड्न सकिन्छ।

खास सास लिनुपर्छ 
पीडामा काबुमा रहने प्रयास गनुपर्छ। कुर्सीमा बस्दा होस् वा बेडमा बस्दा केही हल्का तथा गहिरो सास लिनुपर्छ। मुखबाट सास लिएर नाकबाट बिस्तारै बाहिर फाल्नुपर्छ। यो प्रक्रिया पटक-पटक दोहोर्‍याइरहनुपर्छ। यसो गर्दा तनाव कम हुन्छ। तनाव तथा थकानले पीडालाई बढाउँछ। खास तरिकाले सास लिए पीडा कम हुँदै जान्छ।

केही विशेष उपाय 
- हल्का हातले मालिस गर्नुपर्छ। यसले मांसपेशी दुखेको, गर्दनको पीडा, टाउको दुखाइजस्ता पीडा कम हुन्छ।

- तनाव, थकान तथा टाउको दुखाइमा ध्यान दिनु हुँदैन अन्यथा आफ्नो ध्यान त्यही विषयमा केन्दि्रत हुन्छ।

- योग एउटा यस्ता प्रक्रिया हो, जसले शरीरका सबै अङ्गलाई नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ। 

Related Posts:

0 comments:

Post a Comment