हाँस्नु स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ भन्ने वैज्ञानिक तथ्यलाई समेत कदर गर्दै हाँस्नु त पर्यो नै । तर के तपाइँले कहिल्यै गणना गर्नुभएको छ, दिनमा तपाइँ औषतमा कति पटक हाँस्नुहुन्छ ? सायद छैन होला । तर एक अध्ययनले भने मानिस औषतमा एक दिनमा १५ पटक हाँस्ने देखाएको छ । मानव शरीरको विषयमा केही रोचक तथ्यहरु यस्ता छन् :
- मानव सरीरभित्र तथा बाहिरै पनि असंख्य जिवाणुहरु हुन्छन् । जसको वजन मानिसको सरीरको कुल वजनको १० प्रतिशत हुन्छ ।
- हरेक दिन औषतमा ६० वटा कपालका रौँ र्झदछन् ।
- मानव मस्तिष्कमा ८० प्रतिशत पानी हुन्छ ।
- मधुमेहबाट विश्वमा प्रत्येक मिनेटमा ६ जनाको ज्यान जान्छ यस अनुसार विश्वमा मधुमहेका कारण वर्षेनी ३२ लाख जनाले ज्यान गुमाउँछन् ।
- पुरुषको सरीरमा कुल वजनको ३५ प्रतिशत तथा महिलाको सरीरमा ३५ प्रतिशत भन्दा कम बोसो हुनु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
- बच्चा जन्मिँदा उसको टाउकोको लम्बाइ सरीरको कुल लम्बाइको एक चौथाइ हुन्छ । मानिस २५ वर्षको हुँदा टाउकोको लम्बाइ सरीरको कुल लम्बाइको ८ भागको एक भाग हुन्छ ।
- रगतको एक थोपामा २५ करोड रक्तकोषिका हुन्छन् ।
- गर्भावस्थामा गर्भ रहेको तीन महिनामै बच्चाको औँलामा औँठाछाप बस्दछन् ।
- कपाल हरेक दिन ०.३ देखि ०.५ मिलिमिटर बढ्दछ । अर्थात् एक महिनामा १ देखि डेढ सेमी र एक वर्षमा १२ देखि १५ सेमी बढ्दछ ।
- एक स्वस्थ कलेजोले एक दिनमा ७२० लिटर रगत प्रशोधन गर्दछ ।
- मानव सरीरमा झण्डै २ लाख तापसूचक सेन्सर तथा ५ लाख स्पर्श सुचक सेन्सर हुन्छन् । एजेन्सीको सहयोगमा
0 comments:
Post a Comment