ताजा अपडेट

Thursday, October 1, 2015

भारतीय राजदूतले धम्क्याएपछि चीनबाट तेल ल्याउन सकिएन – ओली


NB-Gurungओएस नेपाल, काठमाडौं, १५ असोज – कोइरालाको पालामा चीनबाट तेल ल्याउने सहमति भएको थियो । भुपु एमाले अध्यक्ष झलनाथ खनालले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला चीनसँग तेल ल्याउने सहमति भए पनि भारतीय राजदूतले धम्क्याएपछि सहमति कार्यान्वयनमा नआएको दाबी गरेका छन् । ‘गिरिजाप्रसाद कोइरालाको पालामा चीनसँग ५ वर्षका लागि तातोपानी नाकाबाटै नेपाललाई पेट्रोलियम पदार्थ दिनेबारेमा सहमति भएको थियो’, उनले भने, ‘लगत्तै भारतीय राजदूतले कोइरालालाई धम्क्याएपछि त्यो सहमति कार्यान्वयन भएन, अब त्यो सहमति कार्यान्वयनमा ल्याउन चीनसँग पहल गर्नुपर्छ ।’
नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेसँगको वार्तापछि ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । बिजुक्छेसँग आफूले यही सहमति कार्यान्वयन गर्नुपर्नेबारे छलफल गरेको ओलीले बताए । बिछुक्छेंलाई भेट्न ओली उनको निवास कमलविनायक पुगेका थिए ।ओलीले भारतले नेपालमा गरेको नाकाबन्दी गर्नै नहुँने काम भनी टिप्पणी गरेका छन् । उनले देशको लागि लिइएको अडानबाट पछि नहट्ने बताए । बिजुक्छेंसँग संविधानको कार्यान्वयन, देशको राजनीतिक अवस्था र भूकम्पले भत्काएको संरचनाको पूर्ननिर्माण कसरी गर्ने बिषयमा छलफल भएको ओलीले बताए ।
- See more at: http://www.osnepal.net/100598#sthash.f1vlK1eR.dpuf

Related Posts:

0 comments:

Post a Comment