ताजा अपडेट

Sunday, September 27, 2015

निगमले भोलिदेखि इन्धन बजारमा पठाउने, कोटा प्रणाली लाग्न सक्ने


Petrol Line
१० असोज, काठमाडौं । नेपाल आयल निगमले आफूसँग भएको स्टक पेट्रोलियम पदार्थको बिक्री भोलि सोमबारदेखि सुरु गर्दैछ ।
शुक्रबारदेखि बजारमा तेल नपठाएको निगमले भोलि सोमबारदेखि तेल वितरण गर्ने तयारी गरेको हो । तीन दिन सार्वजनिक विदा भएपछि आयल निगमले थानकोट डिपोबाट इन्धन बजार पठाएको थिएन । जसका कारण बजारमा अहिले पेट्रोलियम पदार्थको अभाव चरम अवस्थामा छ ।
सवारीसाधनमा जोरबिजोर प्रणाली लगाएपछि पेट्रोलियम पदार्थको मौज्दातलाई कसरी धेरै समयसम्म टिकाउने भन्ने कुरालाई ध्यान दिँदै तेलको बिक्रीवितरण सुरु हुने निगमका निर्देशक मुकुन्द घिमिरे जानकारी दिए ।
कोटा प्रणालीको सम्भावना
आइतबार अपरान्हसम्म कुन बिधिबाट तेल वितरण गर्ने भन्ने औपचारिक निर्णय हुनेछ । ‘विभिन्न विकल्पमा छलफल भईरहेका छन् । मोटरसाईकल र अन्य सवारीलाई तेलको निश्चित कोटा तोकेर दिन सकिने विकल्प हामीसँग छ,’ उनले भने ।
भोली सार्वजनिक सूचना प्रकाशित गरेर निगमले तेलको बिक्रीवितरण सुरु गर्नेछ ।

Related Posts:

0 comments:

Post a Comment