ताजा अपडेट

Monday, September 14, 2015

सावधान! दिमाग क्याप्चर हुन सक्छ

You are here: Home / विज्ञान/प्रविधि / सावधान! दिमाग क्याप्चर हुन सक्छ
सावधान! दिमाग क्याप्चर हुन सक्छ


यो समाचारसंग सम्बन्धीत भिडियो हेर्नका लागि तल क्लिक गर्नुहोला । 
तन्त्र-मन्त्र तथा फिल्मी कहानीमा एक व्यक्तिले अर्को व्यक्तिको दिमाग नियन्त्रण गरेर आफ्नो कब्जामा राखेर शक्ति प्रर्दशन गरेको त सुनिंदै तथा देखिंदै आएको हो । तर अब वैज्ञानिकहरूले वास्तविक रूपमै एक व्यक्तिको दिमाग अर्को व्यक्तिले नियन्त्रण गर्नसक्ने बताएका छन । अमेरिकाको वासिङ्टन विश्वविद्यालयमा गरिएको एक अनुसन्धानमा इन्टरनेटको माध्यमबाट एक वैज्ञानिकले अर्को वैज्ञानिकको दिमाग नियन्त्रण गररे देखाएका छन् । यस अनुसन्धानपछि केही विशेषज्ञहरूले भविष्यमा मानिसहरूबीच संवाद कसरी हुन्छ भन्ने अनुमान लगाउन सकिने बताएका छन् । भने केहीको मत यसबारेमा यसै हो भनेर भनिहाल्ने अवस्था नभएको बताएका छन । वासिङ्टन विश्वविद्यालयको प्रयोगशालामा अलग-अलग स्थानमा बसेका दुई वैज्ञानिकबीच इन्टरनेटको माध्यमबाट यसको प्रयोग सम्भव भएको हो ।
130910132001_mind_control_experiment_624x351__nocredit
वैज्ञानिकद्वय राजेश राय र एन्ड्री स्टोन सफल परीक्षणबाट खुसी देखिएका छन् । राय भन्छन्- एक व्यक्तिले सोचेको कुरा अर्को व्यक्तिको दिमागबाट थाहा पाउनु वास्तवमै उत्साहजनक र अदभूत उपलब्धी हो । यस प्रयोगलाई लिएर रोबोक्यालिप्सका लेखक डेविड विलसन भन्छन्न- “यो सिद्धान्तत: प्रमाण जुटाउनको लागि अति महत्वपूर्ण छ । यसले  भविष्यमा अलग-अलग दिमागबीच हुने संवादले समाजमा कस्तो प्रभाव पार्दछ ब्वह्हान्सने सुरु गरेको छ । यसको व्यवहारिक रूपमा कुनै अर्थ छैन तर सोच्नलाई बाध्य पारेको छ ।”

Related Posts:

0 comments:

Post a Comment