६ भदौ, काठमाडौं । गुण्डा नाइके कुमार श्रेष्ठ घैंटेको विषयलाई लिएर गगन थापासहितका नेपाली कांग्रेसका सभासदहरु राष्ट्रिय मानवअधिकार आयोग पुगेका छन् ।

गुण्डा नाइके घैंटे बिहीबार प्रहरी इन्काउन्टरमा मारिएका थिए । घटना लगतै कांग्रेस सभासद केसीले प्रहरीले मारेको भन्दै जुलुस लिएर शिक्षण अस्पताल पुगेका थिए ।
घैंटेको नियोजित रुपमा हत्या गरेर इन्काउन्टरको नाम दिएको भन्दै घटनाको छानविन गर्नु पर्ने सभासद भीमसेनदास प्रधानले अनलाइनखबरले बताए । ‘हामीले आयोगमा कुमारले सुरक्षा माग गरेकोबारे बुझ्न गएका थियौं’ सभासद प्रधानले भने-‘आज परिवारले छानविनको माग गर्दै निवेदन दिएको छ ।’
सभासद र कुमारको परिवारले छानविनको माग गरेकोबारे बुझ्न खोज्दा मानवअधिकार आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारीले यसबारे अध्यक्षसँगै बुझ्न आग्रह गरिन् ।
0 comments:
Post a Comment