२६ असोज, काठमाडौं । भारतबाट मंगलबार
एकैदिन १ सय ४८ वटा इन्धन ट्यांकर नेपाल भित्रिएका छन् । वीरगञ्जबाहेक अन्य
नाकामा भारतीय पक्षले भन्सार जाँच खुकुलो पारेपछि धेरै गाडी पनि नेपाल
आएका छन् ।
बिराटनगर नाकाबाट मात्रै दिनभरमा ८८
ट्यांकर इन्धन नेपाल आएको रानी भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी
दिए । जसमा १२ ट्यांकर पेट्रोल, ६१ ट्यांकर डिजेल र १५ ट्यांकर ग्यास
बुलेट छन् ।
यसैगरी काँकडभिट्टाको मेची भन्सार नाकाबाट
दिनरमा ४ वटा ग्यास बुलेट र ११ वटा तेल ट्यांकर नेपाल आएको भन्सारका
प्रवक्ता दिपेन्द्रकुमार झाले बताए ।
नेपालगञ्जको जमुनाह नाकाबाट १३ ट्यांकर
डिजेल नेपाल आएको छ भने कैलालीको गौरीफन्टा नाकाबाट २२ ट्यांकर तेल नेपाल
प्रवेश गरेको भन्सार प्रमुख हरिप्रसाद पाण्डले बताए ।
यसैगरी भैरहवा नाकाबाट भैरहवा नाकाबट १० वटा इन्धनका ट्यांकर नेपाल आएकोमा ५ वटा ग्यासका बुलेट छन् ।
वीरगञ्जमा मधेसी मोर्चाको अवरोध जारी रहेपनि अन्य नाका केही दिनमै समान्य अवस्थामा सञ्चालनमा आउन सक्ने भन्सार अधिकारीको भनाइ छ ।
0 comments:
Post a Comment