ताजा अपडेट

Saturday, October 3, 2015

राशिफल - Horoscope Month ( Bhadra)

असोज २०७२
.
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesरोकिएका काम बन्नाले उत्साह जाग्नेछ। नयाँ उद्योग वा विशेष काम सुरु गर्ने अवसर जुट्नेछ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। पारिवारिक असमझदारीले केही समस्या आउन सक्छन्। आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्न सक्छन्, सजग रहनुहोला। टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ। काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ। वर्गीय हक–हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusस्वास्थ्यमा मौसमी गडबडीले सताउन सक्छ। काममा प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्ने चेष्टा गर्नेछन्। आफ्नो अधिकार जोगाउन कडा रूपमा प्रस्तुत हुनुपर्ला। साझेदारी तथा सगोलको सम्पत्तिमा केही विवाद अउन सक्छ। अवसरका लागि अलि दौडधुप गर्नुपर्ने समय छ। परिवारजनको सहमति नजुट्नाले आँटेको काममा विलम्ब हुनेछ। आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ। मेहनत गर्दा परिस्थितिले साथ दिनेछ भने मनको डर उत्साहमा रूपान्तरित हुनेछ ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiघर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। परिवारजनमा केही असमझदारी बढ्न सक्छ। चोटपटक, ज्वरो जस्ता समस्या पनि देखा पर्न सक्छन्। आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ। तापनि, प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्नेछ। साथीभाइ र बन्धुबान्धवको सहयोग जुटाउने प्रयास गर्नुहोला। मेहनतले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन्। भूमिबाट प्रशस्त फाइदा मिल्नेछ। एकसाथ अनेक कार्य थालनी गर्न सकिनेछ। समाजमा कीर्ति बढ्ने काम पनि सम्पादन होला। प्रयत्न गर्दा कृषि र व्यापार–व्यवसायमा पनि राम्रै फाइदा उठाउन सकिनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerअवसरका लागि यो महिना निकै लाभदायक रहनेछ। मान–सम्मान वा पद–प्रतिष्ठा पाइने समय छ।लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्ने देखिन्छ। उद्योग–धन्दामा विशेष सफलता पाइनेछ। शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ। दाजुभाइमा असमझदारी बढ्ने सम्भावना छ। समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला। प्रतिष्ठा जोगाउन सजग रहनुहोला।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्। वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। टाउको र आँखाको समस्याले दुःख दिन सक्छ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। पराक्रम बढ्नेछ भने प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्न सकिनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। काममा चुनौती देखापर्न सक्छन्। धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ। आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ। व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ। सामाजिक प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा अप्ठ्यारै काम पनि सम्पादन हुने समय आएको छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपरिस्थितिलाई बेवास्ता गर्दा क्षेत्राधिकार संकुचित बन्न सक्छ। आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ। उच्च रक्तचाप, टाउको दुखाइ वा आँखाको समस्याले सताउन सक्छ। समयमा काम गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ। आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। वस्त्र, भोजन वा सामान्य उपहार हातलागी हुने समय छ। कृषि तथा पशुधनबाट फाइदा पुग्नेछ। विपरीत लिंगीहरूको माध्यमबाट सामान्य लाभ होला। मन मिल्ने साथीभाइ टाढिन सक्छन्। प्रेम सम्बन्ध पनि भंग हुन सक्छ ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraठूलो आशा देखाएर ठगी गर्नेहरूले पनि सताउन सक्छन्। यस महिनामा आम्दानीको तुलनामा बढी खर्च हुनाले आर्थिक समस्या देखा पर्न सक्छ। नजिकका साथीभाइ टाढिनेछन् भने टाढाका साथीभाइसँग मित्रता बढ्नेछ। लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला। दौडधुप र प्रयत्नले मात्र काम नबन्न सक्छ। सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला। समयको मागलाई ध्यान दिन नसक्दा पछि परिएला। वादविवाद र झैझगडाबाट टाढै बस्नुहोला। विपरीत लिंगी वा हितैसी मित्रहरूले साथ दिनेछन्। टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ। सवारी साधन उपयोग गर्दा सावधानी अपनाउनुहोला।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioनोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ। रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। उत्साहजनक समाचार सुन्न पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ। जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ। कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ। तर, उच्च महत्वाकांक्षाले केही अकल्पनीय नोक्सानीसमेत निम्त्याउन सक्छ, ठूला काम गर्दा निकै सचेत रहनुहोला।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusकीर्तिमानी काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। नोकरी प्राप्त हुने सम्भावना छ। दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। मित्रता र प्रेमको बन्धन कसिन सक्छ। भौतिक साधन समेत जुट्ने समय छ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ। घरमा मंगलमय कार्य सम्पादन हुने समय छ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornसरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ। बन्धुबान्धव तथा गुरुजनबाट अलि टाढिनुपर्ला। कामको दायित्व बढ्नेछ। हातमा आएका केही अवसर गुम्न सक्छन्। अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ। धार्मिक र सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउने समय छ। परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन्। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ। स्थायी सम्पत्तिमा केही विवाद आउला। बलजफ्ती गर्नाले काम बिग्रन सक्छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusखराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला। परिस्थितिअनुसार चल्न नसक्दा पछि परिनेछ। व्यवसाय र आयमूलक काममा मन्दी आउनुका साथै आर्थिक अभावले सताउन सक्छ। कब्जियत र ढाड–कम्मर सम्बन्धी समस्याले सताउने देखिन्छ। महत्वपूर्ण काममा अनायासै बाधा वा हस्तक्षेप हुने देखिन्छ, सचेत रहनुहोला। केही दण्ड–जरिवाना पनि सम्भावना छ। हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। केही जरिवानामा परिने सम्भावना छ। शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने समय छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesमहिना मिश्रित प्रकारको रहनेछ। आस मारेको काम बन्नाले उत्साह भने जाग्नेछ। घरखर्च बढ्नुका साथै व्यापारमा अलि मन्दी आउने देखिन्छ। महत्वपूर्ण काममा केही व्यवधानहरू देखा पर्नेछन्। समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ। खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका हुने र परिवारजनमा असन्तुष्टि बढ्ने समय छ । जीवनसाथीलाई पनि केही पीडा हुने ग्रहयोग छ। स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ। रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन्। रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ।

0 comments:

Post a Comment